एमबाप्पेको २ गोलमा पीएसजी विजयी
  • CIA Khabar

  • काठमाडौं । किलियन एमबाप्पेको दुई गोलमा पेरिस सेन्ट जर्मेन (पीएजसी) ले फ्रेन्च लिग वानमा अजुरेलाई २(१ ले पराजित गरेको छ । यस जितपछि पीएसजी उपाधिको निकै नजिक पुगेको छ ।

    लिगमा अब दुई चरणको खेल बाँकी हुँदा पीएसजीले दोस्रो स्थानको लेन्समाथि ६ अंकको अग्रता बनाएको छ । अब बाँकी दुई खेलबाट १ अंक जोडेपछि पीएसजी लिग वान च्याम्पियन बन्नेछ ।

    लिग लिडर पीएसजीको ३६ खेलबाट ८४ अंक छ । समान खेलबाट लेन्स ७८ अंकसहित दोस्रोमा छ ।

    अजुरेको मैदानमा पीएसजीका लागि एमबाप्पेले दश मिनेटभित्रै दुई गोल गरेका थिए । उनले छैटौं र आठौं मिनेटमा गोल गरे ।
    घरेलु टोली अजुरेका लासिन सिनायोकोले ५१औं मिनेटमा एक गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।

  • ८ जेष्ठ २०८०, सोमबार १२:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images