राहुल गान्धी ट्रक चढेर पुगे चण्डीगढ
  • CIA Khabar

  • नयाँदिल्ली – कांग्रेस आईका नेता राहुल गान्धी ट्रकमा चढेर दिल्लीबाट चण्डीगढ पुगेका छन्।

    उनले सो क्रममा ट्रक ड्राइभरसँग कुराकानीसमेत गरेका छन्। यसै क्रममा उनले ट्रक ड्राइभरको मुद्दा र समस्याका बारेमा जानकारी लिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। अहिले उनले ट्रक यात्रा गरेको भिडियो भाइरल भएको छ।

    कर्नाटक बिद्यानसभा निर्वाचनको जीत पछि उनी ट्रकको यात्रामा निस्केको तस्बिरहरू सार्वजनिक भएका हुन्। कर्नाटक निर्वाचन पछि उनले प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनिएको संसद भवनको उद्घाटन प्रति उनले आपत्ति जनाएका छन्।

    उनले सो संसद भवनको उद्घाटन राष्ट्रपतिको हातबाट गर्नुपर्ने माग राख्दै आएका छन्। हालै सो संसद भवनको निर्माण कार्य पुरा भएको थियो, सावरकर जयन्तीको अवसरमा २८ मेमा सो नयाँ संसद भवनको उद्घाटन गर्ने जनाइएको छ।

    लोकसभाका सभामुख ओम बिरलाले २८ मेमा मोदीले सो संसद भवन उद्घाटन गर्ने जानकारी यसअघि नै गराइसकेका छन्।

  • ९ जेष्ठ २०८०, मंगलवार १०:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images