चन्द्रागिरीबाट गाँजासहित एक जना पक्राउ
  • CIA Khabar

  • काठमाडौं – काठमाडौंको चन्द्रागिरीबाट एक युवक गाँजासहित पक्राउ परेका छन् । धादिङको गल्छी गाउँपालिका–१ का २६ वर्षीय विपन मगरलाई प्रहरीले आज पक्राउ गरेको हो ।

    प्रहरी प्रभाग धादिङबाट खटिएको प्रहरी टोलीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ देउराली भञ्जाङबाट आज बिहान उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

    प्रहरीका अनुसार धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको ना ५१ प ३३६८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ४ केजी ५ सय ग्राम गाँजासहित मगर पक्राउ परेका हुन् ।

  • ११ जेष्ठ २०८०, बिहीबार २०:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images