अन्तर्राष्ट्रिय महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो
  • CIA Khabar

  • काठमाडौँ– नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो । खेलमा पहिलो सेट गुमाएको नेपालले त्यसपछिको लगातार तीन सेट आफ्नो पक्षमा पार्दै जित निकाल्यो ।

    हारसँगै उज्वेकिस्तान भने चौथो स्थानमा रह्यो । त्यसैगरी प्रतियोगितामा श्रीलङ्का पाँचौँ, किर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौँ स्थानमा रह्यो ।

    खेलमा पहिलो सेट उज्वेकिस्तानले २५-२० ले आफ्नो पक्षमा पा¥यो । त्यसपछि नेपालले खेलको दोस्रो सेट २५-१६ ले जितेर खेलमा फर्कियो । यसैगरी खेलको तेस्रो सेट  २५-१५ र चौथो सेट २५-१३ ले जित्यो ।

    प्रतियोगिताको उपाधिका लागि आज भारत र काजकिस्तानबीच भिडन्त हुनेछ । उक्त खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।

  • १४ जेष्ठ २०८०, आईतवार १४:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images