टी-२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालको जित
  • CIA Khabar

  • काठमाडौं– मलेसियासँगको टी-२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । पाँच टी–२० खेलको शृंखलाअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । 

    सोमबार भएको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो । तर, मंगलबार संयम भएर खेलको नेपालले मलेसियाले दिएको ९८ रनको लक्ष्य १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो  । 

    यूकेएम क्रिकेट ओभलमा भएको खेलमा नेपालको लागि कप्तान रुविना क्षेत्रीले २१ बलमा ३ चौका र १ छक्का प्रहारसहित अविजित २९ रन बनाइन् । मलेसियाका लागि एइसा इलिसा, निक नुर अटिएला र विनीफ्राइडले १-१ विकेट लिइन् । 

     यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९७ रनको योगफल बनाएको थियो ।
    नेपालकी कप्तान रुविना क्षेत्रीले २,  कविता कुँवर र इन्दु बर्माले एक-एक विकेट लिइन् ।

  • १६ जेष्ठ २०८०, मंगलवार १२:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images