शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै
  • CIA Khabar

  • काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब तथा एपीएफ क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ । दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा जावलाखेल र आर्मी भिड्ने छन् ।

    जारी लिगमा जावलाखेल २२ खेलबाट ३४ अङ्कका साथ तेस्रो स्थानमा छ भने ३० अङ्क भएको आर्मी पाँचौँ स्थानमा छ । 

    यस्तै, चर्च ब्वाइज युनाइटेड र एपीएफबीचको खेल साँझ ६ बजे दशरथ रङ्गशालामा नै हुनेछ । २२ खेल खेलिसक्दा चर्च ब्वाइज ३८ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । यस्तै एपीएफ २९ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ ।

  • १६ जेष्ठ २०८०, मंगलवार १२:४६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images