महिला टी–२० क्रिकेटमा आज नेपाल र मलेसियाबीच तेस्रो खेल हुँदै
  • CIA Khabar

  • काठमाडौँ– महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज तेस्रो खेल हुन लागेको हो ।

    मलेसियाको बांगीमा बिहान पौने ९ बजे सुरु हुने खेलमा नेपाल दोस्रो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रँदै छ । 

    पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । 

    नेपाल र मलेसिया बीच हालसम्म ५ महिला टी– २० अन्तर्राष्ट्रिय खेल भइसकेका छन् । जसमा नेपाल ४ र मलेसिया एक खेलमा विजयी भएको छ । 

    नेपाल र मलेसियाबीचको चौथो खेल शनिबार र पाँचौं खेल आइतबार हुनेछ ।

  • १८ जेष्ठ २०८०, बिहीबार ११:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images