ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै
  • CIA Khabar

  • काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदैछन् । 

    आज हिमालयन शेर्पा र एनआरटी, फ्रेन्ड्स क्लब र मनाङ  मर्स्याङ्दी क्लब, नेपाल पुलिस र मछिन्द्र क्लब  तथा एफसी खुमलटार र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

    हिमालयन शेर्पा र एनआरटीबीचको खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुँदैछ । जारी लिगमा २३ खेलबाट ३० अंक जोडेको हिमालयन आठौँ स्थानमा छ भने २९ अंक रहेको एनआरटी दशौँ स्थानमा छ ।

    यस्तै, सोही मैदानमा साँझ ६ बजे फ्रेन्ड्स र मनाङबीच प्रतिस्पर्धा हुनेछ । २५ अंक जोडेर १३औँ स्थानमा रहेको फ्रेन्ड्स क्लब सातौँ जित निकाल्ने योजनामा रहँदा ३१ अंक भएको मनाङ आठौँ जितको खोजीमा हुने छ । 

    यसैगरी, पुलिस क्लब र मछिन्द्र क्लबले दिउँसो ३ बजे च्यासल मैदानमा खेल्ने छन् । ३४ खेल जितेको पुलिस चौथो स्थानमा छ भने ३९ अंक भएको मछिन्द्र दोस्रो स्थानमा छ ।

    यस्तै, एफसी खुमलटार र संकटा क्लबबीचको खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा हुनेछ । २४ अंक भएको खुमलटार तालिकाको पुछारमा छ भने २७ अंक जोडेको संकटा १२ स्थानमा छ ।

  • २१ जेष्ठ २०८०, आईतवार ०९:०८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images