गायिका समीक्षा अधिकारीको ‘ए सुवा’ मा समारिका र जोन (भिडियो)
  • CIA Khabar

  • काठमाडौँ– लोकप्रिय गायिका समीक्षा अधिकारी र गायक गोकुल खरेलको स्वर समावेश ‘ए सुवा’ बोलको गीतको भिडियो रिलिज भएको छ ।

    लामो समयदेखि जापानमा बसेर आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका गायक गोकुलले हालै रिलिज गरेको गीतमा सागर खरेलका शब्द , दीपक शर्माको संगीत तथा उदय राज पौडेलको एरेन्ज रहेको छ । जसमा मोडलद्वय समारिका दाहाल र जोन बमको अभिनय रहेको छ ।

    सुदूरपश्चिमको मौलिक भाषामा आधारित रहेर प्रेमीले प्रेमिकालाई मायालु भाषामा गरिएको सम्बोधन हो ए सुवा त्यस्तै प्रेमीकाले प्रेमीलाई ए साइ भन्छन् । कञ्चनपुरका गायक गोकुलले ए सुवा मार्फत एक प्रेमिल जोडीको रमाइलो प्रेम कथा देखाउन खोजिएको छ ।

    उत्तम श्रेष्ठ शिशिरको निर्देशन, मुकेश हुमागाईँको छायांकन तथा बिनोद बमको सम्पादन तथा कलर रहेको छ । राहुल बराइलीको कोरियाग्राफी रहेको भिडियो गायक गोकुलकै च्यानलबाट रिलिज गरिएको हो ।

    गायक गोकुलले यसअघि फुलेको फुल, सिकाउँदैछ केही, उडाइलगेछ, आधा परान, फुलेको फुल, कहाँ थियौ, हामी स्वास्थ्यकर्मी, राष्ट्रिय गीत गुन्द्रुक ढिँडो, भमरा, लगायतका जितहरू बजारमा ल्याइसकेका छन् ।

     

     

  • २१ जेष्ठ २०८०, आईतवार १६:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images