सन्दीपलाई दक्षिण अफ्रिका पठाउने क्यानको तयारी
  • CIA Khabar

  • काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप छनोटको अभ्यास खेल खेल्न दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ।

    जिल्ला अदालत काठमाडौँले आगामी पेशी असार २९ गतेलाई सारेपछि क्यानले उनलाई दक्षिण अफ्रिका पठाउने भएको हो।

    यसअघि गत मंगलबार राष्ट्रिय टोली नेपालबाट प्रस्थान गरिसकेको छ । अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप सो टोलीमा छुटेका थिए । प्रत्येक पटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीप रोकिएका हुन् ।

    उनका वकिलहरूले अदालतलाई अर्को पेशी डेढ महिना पछाडि सार्न निवेदन दिएका थिए । अदालतले सो निवेदनलाई स्वीकृत गरेपछि सन्दीप दक्षिण अफ्रिका जाने बाटो खुलेको छ । लामिछाने राष्ट्रिय टोलीसँगै सोमबार साँझ दक्षिण अफ्रिका जाने भएका छन्।

  • २१ जेष्ठ २०८०, आईतवार १६:३२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images