हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयर बिक्री खुला
  • CIA Khabar

  • काठमाडौँ– हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आज (सोमबार)देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । गत वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले हकप्रदका लागि असार १० गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । जसअनुसार १ कित्ता सेयर बराबर नयाँ ०.७५ कित्ता शेयर हुनेछ ।

    कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

    लगानीकर्ताले लक्ष्मी क्यापिटल, हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाका साथै सि आस्वा प्रणालीमार्फत र मेरो शेयर अनलाइनबाट आवेदन दिन सक्ने छन् ।

    कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि गत वैशाख २७ गते बुक क्लोज गरेको थियो ।

  • २२ जेष्ठ २०८०, सोमबार १०:३८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images