प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसद्‌मा होहल्ला
  • CIA Khabar

  • काठमाडौं- प्रतिनिधिसभाको बैठकमा होहल्ला भइरहेको छ । भारत भ्रमण तथा नागरिकता विधेयकसहितका विषयमा सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिन थाल्दा सांसदहरुले होहल्ला गरिरहेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले बोलिरहँदा एमालेका सांसद सूर्य थापाले नियमापत्ति जनाएर सुरु भएको विरोध र होहल्ला चलिरहेको छ । सत्तापक्ष र प्रतिपक्षी सांसदहरू एकअर्काविरुद्ध होहल्ला गरिरहेका छन् ।

    सांसदहरुले प्रतिनिधिसभा नियमावलीको कुन नियमअनुसार आफूले नियमापत्ति जनाएको हो खुलाउन सकेका छैनन् । तर, उनीहरु होहल्ला भने गरिरहेका छन् ।

  • २२ जेष्ठ २०८०, सोमबार १५:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images