प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको भाउ
  • CIA Khabar

  • काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन एक लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    छापावाल सुन बुधबार प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेर आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

  • २५ जेष्ठ २०८०, बिहीबार ११:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images