पल र सनिशाको उत्कृष्ट अभिनय रहेको ‘लुम्बिनी’ सार्वजनिक
  • CIA Khabar

  • काठमाडौं– चर्चित गायक तथा संगीतकार विष्णु खत्रीले आफ्नो नयाँ साङ्गितिक प्रस्तुति लिएर पुनः दर्शकमाझ आएका छन् । ‘लुम्बिनी’ शीर्षकको एल्बम खत्रीले  सार्वजनिक गरेका हुने । उक्त एल्बममा शब्द, सङ्गीत र  आवाज उनैको रहेको छ भने महिला गायिकामा उन्नु चौधरी रहेकी छन् । 

    एल्बममा नायक पल शाह र सनिशा भट्टराईको जोडीको उत्कृष्ट अभिनय रहेको छ । उक्त जोडीलाई दर्शकले अत्यन्तै रुचाइरहेका छन् । काजिश श्रेष्ठको निर्देशन र कोरियोग्राफीमा उक्त जोडीलाई पुनः दर्शकमाझ ल्याउने काम खत्रीले गरेका छन् ।

    विष्णु खत्री नामक युट्युब च्यानलमा सार्वजनिक गरिएको उक्त गीतले दर्शकको माया पाइरहेको छ । उक्त गीत युट्युब च्यानलमा सार्वजनिक गरिएको  दुई दिनमै चार लाखले उक्त हेरिसकेका छन् । उक्त गीतले करोड क्लब नाघ्ने आँकलन गरिएको छ ।

    उक्त गीतलाई आफ्ना पुराना गीतहरू जस्तै धेरै माया गरिदिन आफ्ना शुभचिन्तक, आफन्तजन सम्पूर्ण दर्शकहरूमा गायक खत्रीले अनुरोध गरेका छन् ।  खत्रीले आफ्नो नयाँ गीत अत्यन्तै राम्रो बनेको जनाउँदै गीतलाई उत्कृष्ट  बनाउन अथाह मिहेनत गरेको बताए ।

    आफ्ना अघिल्ला एल्बमजस्तै  युट्युबको ट्रेन्डिङ नम्बर १ देखि करोड कल्ब माथिसम्म पुर्‍याउन दर्शक स्रोताले दिएको अपार माया प्रति आभार र कृतज्ञता प्रकट  गर्दै खत्रीले यो गीतलाई पनि मन पराएर करोड क्लबमा प्रवेश गराउन सबैलाई अनुरोध गरेका छन् । 

    विगत २५ वर्षदेखि लोकदोहोरीको  क्षेत्रमा  क्रियाशील खत्रीको प्राय सबै सिर्जनाहरु सन्देशमूलक हुने गरेका छन् । उनको सबै एल्बम नेपाली स्रोताहरूले मन पराउने गरेका छन् । 

  • २५ जेष्ठ २०८०, बिहीबार १२:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images