फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपाल सहभागि हुने
  • CIA Khabar

  • काठमाडौँ– नेपालले माल्दिभ्समा आयोजना हुने फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । 

    नेपाल बास्केटबल संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली टोलीका कप्तान सदिश प्रधानको नेतृत्वमा च्याम्पियनसिपमा सहभागिता जनाउने जनाएको छ । 

    माल्दिभ्स, नेपाल, बंगलादेश, भुटान र पाकिस्तानको सहभागिता रहेको च्याम्पियनसिप जुन १४ देखि २२ सम्म हुनेछ । लिगको आधारमा आयोजना हुने च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान सदिश प्रधानले तयारी राम्रो भएको र सहभागी टिमसँगै धेरै पटक खेलेका कारण उपाधि जित्ने सम्भावना बलियो रहेको बताए । 

    च्याम्पियनसिपमा सहभागिता नेपाली टोली सोमबार त्यसतर्फ जाने संघले जनाएको छ । 

  • २६ जेष्ठ २०८०, शुक्रबार १५:१९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images