स्विडेनको राजधानीमा गोलीवारिमा एकको मृत्यु, दुई घाइते
  • CIA Khabar

  • स्टकहोम – स्वीडेनको राजधानी स्टकहोममा गोलीवारिमा परी एकजनाको मृत्यु भएको छ।

    प्रहरीका अनुसार शनिबार साँझ दक्षिणी स्टकहोमको एक स्क्वायर नजिक चलाइएको गोली लागेर १५ वर्षीय एक बालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

    प्रहरी अधिकारीका अनुसार घाइते किशोरको घटनास्थलमै मृत्यु भएको थियो भने अन्यलाई अस्पतालमा भर्ना गरिएको छ। स्टकहोम प्रहरीका प्रवक्ता टोभ हागले मिडियालाई दिएको जानकारी अनुसार घटनास्थलमा मृत्यु भएका किशोर १५ वर्षका थिए।

    गोली लागेर अन्य १५ वर्षीय बालक र ४५ देखि ६५ वर्ष उमेर समूहका एक पुरुष र एक महिला घाइते भएको प्रहरीले एक विज्ञप्तिमा जनाएको छ। प्रहरीका अनुसार गोली चलाएको एक घण्टाभित्रै स्टकहोमको दक्षिणतिर कारको पछि लागेर दुई जना अभियुक्तलाई पक्राउ गरेको बताए।

    उनीहरूलाई प्रहरीले हत्या र ज्यान मार्ने उद्योगको अनुसन्धान थालेको छ।

  • २८ जेष्ठ २०८०, आईतवार ०९:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images