पाकिस्तानी प्रहरी चौकीमा स्थानीयद्वारा आक्रमण
  • CIA Khabar

  • कराँची – कराँचीमा भएको एक हत्यापछि भीडले प्रहरी चौकीमा आक्रमण गरेको छ।

    गत शुक्रबार राति कराँचीमा एक व्यक्तिको गोली हानी हत्या गरिएको घटनालाई लिएर प्रहरी चौकीमा आक्रमण गरिएको हो।

    सो घटनापछि एक भीडले शंकास्पद व्यक्तिलाई कुटपिट गर्न प्रहरी चौकीमा आक्रमण गरेको थियो। मिडिया रिपोर्टका अनुसार शुक्रबार सुरजनी टाउन प्रहरी चौकी बाहिर गोली चलाउने संदिग्धलाई हिरासतमा लिएपछि एकाएक अराजकता मच्चिन पुगेको थियो।

    सो अघि भएको घटनामा आक्रमणकारीले यारो गोठ क्षेत्रमा डाँका भएको आशंकामा दुई जनालाई गोली हानेको पाकिस्तानी प्रहरीलाई बताएको छ। जसमध्ये अस्पताल लैजाँदै गर्दा एक जनाको मृत्यु भएको हो।

    मृतकका आफन्तले अभियुक्तलाई कारबाही गर्न माग गर्दै प्रहरी चौकी बाहिर प्रदर्शन गरेका थिए। सो क्रममा भीडले प्रहरी चौकीमा प्रवेश गर्न खोज्दै ढुंगामुढा गरेको थियो। भीडलाई तितरबितर पार्न प्रहरीले हवाई फायर गरेको थियो। प्रहरीले चार प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

  • २८ जेष्ठ २०८०, आईतवार ०९:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images