रुसविरुद्ध प्रतिआक्रमण सुरु भयो : जेलेन्स्की
  • CIA Khabar

  • काठमाडौँ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लामो समयको प्रतीक्षा पछि रुसविरुद्ध प्रतिआक्रमण सुरु भएको पुष्टि गरेका छन् ।

    उनले शुक्रबारदेखि नै प्रतिआक्रमण र रक्षात्मक कार्यहरू भइरहेको जनाएका छन् । तर जबाफी कारवाही कुन चरण वा राज्यमा छ भन्नेबारेमा केही खुलाएका छैनन् ।

    युक्रेनको दक्षिण र पूर्वमा लडाइँ बढ्दै गएपछि युक्रेनले रुसी सेनाविरुद्ध प्रतिआक्रमण सुरु गरेको अनुमान पछि उनको यो भनाइ आएको हो ।

    युक्रेनी सेनाले पूर्वमा बाख्मुत नजिक र दक्षिणमा जापोरिज्जियाको नजिक प्रगति गरेको र रुसी लक्ष्यहरूमा लामो दूरीको हमला गरेको दाबी गरिएको बीबीसीले जनाएको छ ।

  • २८ जेष्ठ २०८०, आईतवार ०९:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images