फाइभ नेसन्स बास्केटबल : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
  • CIA Khabar

  • काठमाडौँ– माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

    माल्दिभ्सको मालेमा गए राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ७५–६८ अङ्कले पराजित  गर्दै जित निकालेको हो । नेपालको यो तेस्रो जित हो । पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि लगातार  पाकिस्तान र बङ्गलादेशलाई हराएको थियो ।

    यो जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै एक खेल अघि नै सेमिफाइनलमा पुगेको हो  । ४ खेलमा ७ अङ्क जोड्दै नेपाल शीर्षस्थान रह्यो ।  समान अङ्कका साथ पाकिस्तान दोस्रो स्थानमा छ। 

    यसैगरी समान ६ अङ्कका साथ बङ्गलादेश तेस्रो र भुटान चौथो स्थानमा छन् भने ४ अङ्क जोडेको माल्दिभ्स समूह चरणबाट बाहिरिएको छ । 

    शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको छ । 

  • ४ असार २०८०, सोमबार ०८:५२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images