इटाली नेसन्स लिगको तेस्रो स्थानमा
  • CIA Khabar

  • काठमाडौँ– इटालीले यूईएफए नेसन्स लिग फुटबलमा तेस्रो स्थान हासिल गरेको छ । घरेलु टोली नेदरल्याण्ड्समाथि ३–२ को जित निकाल्दै  इटाली नेसन्स लिगमा तेस्रो भएको हो ।

    नेदरल्याण्ड्समा गए राति भएको खेलको पहिलो हाफमा नै इटालीले अग्रता दोब्बर पारेको थियो । 

    खेलको छैटौँ मिनेटमा फेडरिको डिमार्कोले गोल गर्दै इटालीलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि २०औँ मिनेटमा डाभिड फ्राटेसीले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे ।

    खेलको ६८औँ मिनेटमा न्युजिल्याण्डका स्टेभन वर्गवाइनले गोल गर्दै खेललाई २–१ को स्थितिमा फर्काए । तर ७२औँ मिनेटमा फेडरिको चिइसाले गोल गरेपछि इटालीले ३–१ को सहज अग्रता लियो ।

    ८२औं मिनेटमा ओउट वेगह्रष्टले गरेको गोलले भिएआरबाट मान्यता नपाए पछि निराश नेदरल्यान्ड्सले  खेल सकिनु अघि ८९औँ मिनेटमा जर्जिन्हो वाइनाल्डमले गोल गरे पछि खेल ३–२ को स्थितिमा पुग्यो । त्यसपछि दुवै पक्षबाट थप गोल नहुँदा इटाली ३–२ गोलले विजयी भयो । 

  • ४ असार २०८०, सोमबार ०९:०३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images