भारतीय प्रधानमन्त्री मोदी अमेरिका प्रस्थान
  • CIA Khabar

  • नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ऐतिहासिक राजकीय भ्रमणका लागि मङ्गलबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।

    अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले ट्वीटमा लेखेका छन्, ‘अमेरिका प्रस्थान गर्दैछु, जहाँ म न्यूयोर्क शहर र वाशिङ्गटन डीसीमा हुने कार्यक्रमहरूमा सहभागी हुनेछु । ती कार्यक्रमहरूमा योग दिवस मनाउने, राष्ट्रपति बाइडेनसँग वार्ता गर्नेलगायातका छन् ।’

    प्रधानमन्त्री मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले भ्रमणको निमन्त्रणा दिएका हुन् । भ्रमण न्यूयोर्कमा शुरु हुनेछ जहाँ प्रधानमन्त्रीले जुन २१ मा संयुक्त राष्ट्रसंघ मुख्यालयमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने कार्यक्रमको नेतृत्व गर्नेछन् ।’

    प्रधानमन्त्री मोदी त्यसपछि वाशिङ्गटन डीसी प्रस्थान गर्ने कार्यक्रम छ । त्यहाँ रहँदा उनले जुन २२ मा ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनलाई भेट्नेछन् । राष्ट्रपति बाइडेन र प्रथम महिला जिल बाइडेनले सोही दिन साँझ प्रधानमन्त्रीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन् ।

    प्रधानमन्त्री मोदीले जुन २२ मा अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

  • ५ असार २०८०, मंगलवार १६:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images