नेप्से ४.७५ अंकले वृद्धि
  • CIA Khabar

  • काठमाडौँ– सेयर बजार नेप्से ४.७५ अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ४.७५ अंकले बढेर २०५५.५२ बिन्दुमा पुगेको छ । २२६ सूचीकृत कम्पनीहरूको ८० लाख ८ हजार २४६ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ।

    चारबाहेक सबै उपसूचक राताम्मे भएको छ। होटल एण्ड टुरीजमको सेक्टर आज पनि चम्किएको छ। त्यस्तै, जीवन बिमा कम्पनी, निर्जीवन बीमा र अन्य क्षेत्रको उपसूचकमा सुधार देखिएको छ।

    सोल्टी होटलमा लगानीकर्ताहरूको आकर्षण बढी देखिएको छ । हिमालयन डिष्टलरी, शिवम् सिमेन्टस्, आइएमयृ प्रुडेन्सियल, नागरिक लगानी कोष, तारागाँउ रिजेनसी, सूर्या ज्योति लाइफ, नेपाल लाइफ, ओरियन्टल होटल र एशियन लाइफको सेयर सर्वाधिक कारोबारको लिस्टमा पर्न सफल भएको छ।

    सिटिजन्स म्युचूअल फण्ड १ को शेयरमूल्य सर्वाधिक घटेको छ । फण्डको शेयरमूल्य ८.४१ प्रतिशतले घटेको छ ।

    इङ्वा हाइड्रोपावर, नेष्डो समृद्ध लघुवित्त, कालिका पावर कम्पनी, एनआईबिएल ग्रोथ फण्ड लगायत अन्य कम्पनीहरुको सेयरमूल्यमा सामान्य गिरावट आएको छ ।

  • ७ असार २०८०, बिहीबार १६:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images