ट्युनिसियामा रेल दुर्घटना : दुई जनाको मृत्यु, ३४ घाइते
  • CIA Khabar

  • ट्युनिस– पूर्वी–मध्य ट्युनिसियामा रात्रिकालीन यात्रुवाहक रेल पटरीबाट खसेर पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । साथै अन्य ३४ जना घाइते भएका छन् ।

    ट्यनिसियन रेलवेको राष्ट्रिय कम्पनीले बुधबार जनाएअनुसार मध्यरातको केही समयपछि सोसे प्रान्तको मसाकेन शहर नजिकै सो रेल पटरीबाट खसेपछि दुर्घटना भएको हो । पीडित चालक र यात्रु रहेको एसएनसीएफटीले जनाएको छ ।

    उक्त ट्रेन ट्युनिसियाको राजधानी ट्यनिसदेखि दक्षिणपूर्वी प्रान्त गाबेससम्मका लागि यात्रारत थियो ।

    दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको एसएनसीएफटीले जनाएको छ ।

     

  • ७ असार २०८०, बिहीबार १७:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images