भारतमा एक युवकले ५ जनाको हत्यापछि आफैँलाई गोली हाने
  • CIA Khabar

  • उत्तर प्रदेश– भारतको उत्तर प्रदेशको मैनपुरीबाट एउटा हृदयविदारक खबर सार्वजनिक भएको छ । यहाँ एकै परिवारका सदस्य, आफन्त र साथीको बीभत्स हत्या गरिएको छ । आफ्नो परिवारका ५ जना सदस्यको हत्या गरे पछि ती व्यक्तिले आफैँलाई गोली आत्महत्या गरेका छन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार घरको जेठो छोराले यो घटना गराएका हुन् । उनले पहिले परिवारका चार सदस्य र एक आफन्तको बञ्चरोको प्रहारबाट हत्या गरेका थिए ।

    प्रप्त जानकारी अनुसार गोकुलपुरमा बस्दै आएका सुभाषचन्द्र यादवका छोरा सोहवीरले आफ्नै परिवारका ५ जनाको हत्या गरेका हुन् । उनले माइजू र श्रीमतीलाई पनि मार्ने प्रयास गरेका थिए । उनीहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

    प्रहरीले घरमा रहेका अन्य व्यक्ति र छिमेकीसँग सोधपुछ गरिरहेको छ ।

  • ९ असार २०८०, शनिबार १०:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images