मन्त्री मोदी र कोरियाली राजदूतबीच शिष्टाचार भेटवार्ता
  • CIA Khabar

  • काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क टियोङ्गले शिष्टाचार भेट गरेका छन् ।

    मन्त्री मोदीलाई भेट्न राजदूत टियोङ्ग आज मन्त्रालय पुगेका थिए । सो भेटमा मन्त्री मोदीले नवनियुक्त राजदूत टियोङ्गलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गरे । सो भेटमा मन्त्री मोदीले कोरिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहिआएको बताउँदै यस सम्बन्धलाई थप सुदृढ बनाउन नेपालका विभिन्न स्थानीय तह र दक्षिण कोरियाका सहरबीच भगिनी सम्बन्ध स्थापना गर्न इच्छुक रहेको बताए ।

    भेटमा राजदूत टियोङ्गले नेपाल र कोरियाबीचको जनस्तरको सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा द्विपक्षीय सम्बन्ध र सहयोग थप प्रगाढ र सुदृढ बनाउन लागिपर्ने बताए ।

    त्यस अवसरमा राजदूत टियोङ्गले मन्त्री मोदीको कोरिया भ्रमणको सफलताको कामना गरे । मन्त्री मोदी कोरियाको दोस्रो ठूलो सहर बुसानमा यही असार २० गतेबाट आयोजना हुन लागेको मन्त्रीस्तरीय एक बैठकमा सहभागी हुन त्यसतर्फ जाँदै छन् ।

  • १२ असार २०८०, मंगलवार १५:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images