युक्रेनलाई थप ५० करोड डलर सहायता दिने अमेरिकाको घोषणा
  • CIA Khabar

  • बासिङटन डिसी– अमेरिकीले युक्रेनलाई थप ५० करोड अमेरिकी डलर सहयता दिने घोषणा गरेको छ ।

    राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेको एक दिनपछि अमेरिकाले युक्रेनलाई ५० करोड डलर सुरक्षा सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।

    अमेरिकी रक्षा विभागले युक्रेनको महत्वपूर्ण सुरक्षा र रक्षा आवश्यकताहरू पूरा गर्न सुरक्षा सहायता प्याकेज घोषणा गरेको हो ।

    सुरक्षा प्याकेजमा युक्रेनको रुससँग चलिरहेको द्वन्द्वमा युक्रेनको काउन्टर अफेन्सिभ अपरेसनलाई समर्थन गर्न र हवाई प्रतिरक्षा बलियो बनाउन महत्वपूर्ण क्षमताहरू समावेश छन्।

    अमेरिकी रक्षा विभागले युक्रेनको महत्वपूर्ण सुरक्षा र रक्षा आवश्यकताहरू पूरा गर्न थप सुरक्षा सहायताको घोषणा गरेको अमेरिकी रक्षा मन्त्रालयले  विज्ञप्तिमा उल्लेख गरेको छ ।

    सुरक्षा समर्थन प्याकेजमा प्याट्रियट एयर डिफेन्स सिस्टम, स्टिङ्गर एन्टि एयरक्राफ्ट सिस्टम, हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टमको लागि अतिरिक्त गोला बारूद, उच्च गतिको एन्टी माइन क्लियरिङ उपकरणहरू समावेश छन्।

  • १३ असार २०८०, बुधबार १०:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images