अमेरिकामा एक पार्टीमा गोली चल्दा २ जनाको मृत्यु,२८ घाइते
  • CIA Khabar

  • बाल्टिमोर– अमेरिका एक पार्टीमा गोली चल्दा २ जना मारिएका छन् । घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    बाल्टिमोर प्रहरी विभागका कार्यवाहक आयुक्त रिचर्ड वर्लीले आइतबार शहरको दक्षिणी भागमा रहेको ब्रुकलिन होम्स नजिकैको ब्लक पार्टीमा गोली चलेको बताए।

    अमेरिकामा जुलाई ४ को बिदा अघि देशभर जमघट भइरहेका बेला गोली हानाहानको घटना भएको हो ।

    अमेरिकामा जुलाई ४ मा स्वतन्त्रता दिवस मनाइन्छ। अमेरिकाको कन्सास शहरमा पनि गोली चलेको जनाइएको छ । जसमा सात जना घाइते भएका छन् ।

     

  • १८ असार २०८०, सोमबार ०९:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images