छात्रवृत्ति छनौट परीक्षा महानगरपालिका आफैँले गर्ने
  • CIA Khabar

  • काठमाडौँ– काठमाडौं महानगरपालिका भित्रका विद्यालयबाट पाउने छात्रवृत्ति परीक्षा महानगरपालिका आफैँले लिने भएको छ ।

    महानगरपालिका भित्रका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्ति छनोट परीक्षा आगामी आर्थिक वर्षदेखि महानगर स्वयंले सञ्चालन गर्ने भएको हो ।

    मेयर बालेन साहका अनुसार सो परीक्षा पछि सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब, जेहेन्ददार, पिछडिएको क्षेत्र तथा आदिवासी जनजातिलगायतका छनोटका आधारमा योग्यताक्रम अनुसार छात्रवृत्ति प्रदान गरिनेछ ।

    उनले काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०–८१ देखि काठमाडौं महानगरपालिका आफैँले सञ्चालन गर्ने बताए ।

  • १८ असार २०८०, सोमबार ०९:४१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images