नेपाल बारले आज बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने
  • CIA Khabar

  • काठमाडौँ– नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने भएको छ ।

    बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले हिजो एक प्रेस विज्ञप्ति जारी गरी आज देशैभरका अदालतहरूमा बन्दीप्रत्यक्षीकरणका मुद्दामा बहस पैरवी नगर्ने जनाएको हो ।

    जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो ।

    सोही विरोधमा बारले उक्त घोषणा गरेको हो । जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा पक्राउ परेका अधिवक्ता लामिछाने भने रिहा भइसकेका छन् ।

    यही असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै विरोधस्वरूप देशभरका अदालतका कर्मचारीहरूले हिजो तीन घण्टा काम नगरी विरोध जनाएका थिए ।

    लामिछानेविरुद्ध नासु तामाङले घटना भएकै दिन जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएपछि अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको थियो ।

     

  • १८ असार २०८०, सोमबार ०९:४७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images