संघीय शिक्षा ऐन तत्काल पारित गर्न गगन थापाको आग्रह
  • CIA Khabar

  • काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालयलाई उच्च प्राथमिकतामा राखेर संघीय शिक्षा ऐन तत्काल पारित गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

    आज स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शतवार्षिक कार्यक्रममालाई सम्बोधन गर्दै उनले शिक्षालाई व्यवस्थित गर्ने र शिक्षा ऐनको प्रारम्भ समेत नहुँदा विश्वविद्यालयहरू थला पर्दै गएको बताए ।

    उनले राजनीतिक दलकै कारण विश्वविद्यालय धराशायी बन्दै गएको समेत आरोप लगाए । उनले मुलुकमा संघीय व्यवस्था भए पनि शिक्षा प्राथमिकतामा पर्न नसकेको बताए ।

    उनले विगत १०–१२ वर्षदेखि शैक्षिक अवस्था ओरालो लागेको दाबी गरे ।

    महामन्त्री थापाले राजनीतिक भागबन्डाका कारण विश्वविद्यालयहरू पनि कमजोर बनेको उल्लेख गरे । उनले विद्यालयहरूमा आएको सङ्कटलाई सरकारले बुझ्न नसकेको भन्दै विद्यालय शिक्षामा बजेट कम छुट्याएको प्रति असन्तुष्टि व्यक्त गरे ।

  • १८ असार २०८०, सोमबार १०:२२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images