हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक
  • CIA Khabar

  • काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक लगाएका छन् ।

    आज बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले हनुमान ढोका परिसरभित्र सवारी साधन प्रवेशमा रोक लगाएको जानकारी उल्लेख गरेका हुन् ।

    उनले प्राचिन सम्पदाको मौलिकता र सौन्दर्यतालाई जोगाउनका लागि सवारी प्रवेशमा रोक लगाइएको बताएका छन् ।

    उनले काठमाडौँ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण रहेको उल्लेख गरेका छन् ।

    उनले भनेका छन्, ‘काठमाडौको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन् ।’

    मेयर साहले नेपालका यिनै सम्पदा हेर्न र अनुभव गर्दै रमाउन लाखौँ पर्यटक आउने यस क्षेत्रको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको बताएका छन् ।

  • १९ असार २०८०, मंगलवार १०:१५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images