तिनाउ नदीमा पानीको बहाब खतराको विन्दु माथि
  • CIA Khabar

  • रूपन्देही– जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले अविरल वर्षाका कारण रूपन्देहीमा तिनाउ नदीले खतराको विन्दु पार गरेको जनाएको छ ।

    पाल्पा र रूपन्देहीमा निरन्तर वर्षा हुँदा पानीको सतह बढेकाले उच्च सतर्कता अपनाउन नदी आसपास क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

    बाढी मापन केन्द्र बुटवलका अनुसार तिनाउ नदीमा बिहान ७ बजे पानीको सतह ७ दशमलव २२ मिटर पुगेको छ । जलसतह ५ दशमलव २ मिटरलाई सतर्कता तह मानिन्छ ।

    महाशाखाले स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ र आसपासका क्षेत्रमा भारी वर्षा भएको जनाएको छ । उक्त स्थानका खहरे खोलाहरूमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले सतर्क रहन सबैमा आग्रह गरिएको छ ।

  • १९ असार २०८०, मंगलवार १०:२२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images