सभामुखसहित शीर्ष नेताहरुको बैठक जारी
  • CIA Khabar

  • काठमाडौँ– सभामुख देवराज घिमिरेसहितको शीर्षनेताहरूको बैठक सिंहदरबार जारी रहेको छ ।

    सभामुखको कार्यकक्षमा जारी बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र कानूनमन्त्री धनराज गुरु सहभागी भएका छन् ।

    बैठकमा संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बताइएको छ ।

    गत वैशाख गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएका थिए । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक बसेको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल हुन सकेको छैन ।

    प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरुले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरुलाई छलफलमा बोलाएका हुन् ।

  • १९ असार २०८०, मंगलवार १२:५५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images