एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपाललाई
  • CIA Khabar

  • काठमाडौँ– एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । आज मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनको फराकिले अन्तरले हराउँदै नेपालले सानदार जित निकालेको हो ।

    नेपालले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ ओभर ५ बलमा अलआउट हुँदै ३१ रनमा समेटियो । मलेसियाका मुहम्मद अक्रमले सर्वाधि १० रन बनाए ।

    यसबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । नेपालका अभिषेक तिवारीले ५ विकेट लिए । यस्तै, सन्तोष यादवले ३ तथा अशोक धामी र सन्तोष गैरेले समान १–१ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २ सय ५२ रन बनाएको थियो ।

    नेपालका नरेन भट्टले सर्वाधिक १ सय १२ रनको शतकीय ईनिङ खेले । यस्तै, निरज यादवले ४७, सन्तोष यादवले २६, सुर्यांशु कोइरालाले १८, अशोक धामीले १२ रन बनाए ।

    मलेसियाका मुहम्मद अक्रमले ३ तथा अरेन अकील र मुहम्मद फदुलले समान १–१ विकेट लिए ।

    यसअघि नेपालले सन् २०१७ र २०१९ मा पनि उपाधि जितेको थियो ।

  • १९ असार २०८०, मंगलवार १३:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images