कम्बोडियाको रतनकिरी प्रान्तमा चामलको विषाक्त मदिरा पिएका चार जनाको मृत्यु
  • CIA Khabar

  • न्होम्पेन- उत्तरपूर्वी कम्बोडियाको रतनकिरी प्रान्तमा चामलको विषाक्त मदिरा पिएका चार जनाको मृत्यु भएको छ ।

    उच्च मात्रामा मिथेनोल भएको मदिरा पिएका पाँच जनामध्ये चार जनाको ज्यान गएको सरकरी अधिकारीहरूले बताएका छन् । विषाक्त मदिरा पिएर गम्भीर बिरामी भएका उनलाई अस्पताल भर्ना गरिएको छ । मृतकहरू केराको व्यावसायिक खेती गर्ने कृषि कम्पनीका कामदार हुन् ।

    प्रयोगशाला परीक्षणबाट मदिरामा उच्च मात्रामा मिथेनोल भेटिएको र उनीहरूको मृत्युको कारण भएको प्रान्तीय गभर्नरले बताएका छन् । मदिरा बिक्रेतासँग कानुन कार्यान्वयन निकायका अधिकारीले सोधपुछ गरेका छन् ।

    सस्तो मूल्यका कारण घरेलु मदिराप्रति पियक्कडहरूको आकर्षण बढेको छ । गत महिना पनि उत्तरपश्चिमी पुरसट प्रान्तमा विषाक्त मदिरा सेवन गरेका एक जनाको मृत्यु भएको थियो भने अन्य २७ जना बिरामी भएका थिए ।

  • १९ असार २०८०, मंगलवार १५:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images