सामाजिक विकास मन्त्रालय द्वारा कार्यक्रमको वार्षिक समीक्षा 
  • CIA Khabar

  • काठमाण्डौं । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले आ.व ०७९÷०८० को समीक्षा गरेको छ । मन्त्रालयको लगानीमा आर्थिक वर्ष ०७९÷८० मा भएका कामको उपलब्धि र समस्या लगायतका विषयमा अनुदान प्राप्त सङ्घ संस्थाले आफ्ना भनाई राखेका थिए । साथै सङ्घ संस्थाका प्रतिनिधिहरूले आगामी योजनाका विषयमा समेत मन्त्रालयलाई सुझाव दिएको थियो ।
    सहभागी सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिले राखेको प्रसन्नको  जवाफ दिँदै मन्त्रालयका सचिव रामकृष्ण पुडासैनीले सोचे अनुसार काम गर्न नसकेको बताए । समाजमा विभिन्न प्रकारका थुप्रै समस्या रहेको भए पनि मन्त्रालय सँग सीमित स्रोत साधन हुँदा आफूहरूले सोचे अनुसार काम गर्न नसकेको बताए । सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र ठुलो भएको कारण सबे क्षेत्रलाई चाहेर पनि समेट्न नसकेको बताए ।
    अन्तिम अवस्थामा आएर मात्र सङ्घ संस्थाले काम गर्दा कार्यान्वयनको पक्षमा भने समस्या आएको भन्दै आर्थिक वर्ष ०८०÷०८१ मा भने सबै सङ्घ संस्थालाई समयमा काम सम्पन्न गर्न सचिव पुडासैनीले आग्रह गरे । कार्यक्रमलाई सहजीकरण गर्न दोभासेको समेत सहायता लिएको थियो ।
    कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख गोपाल प्रसाद कँडेलले कार्यक्रममा सङ्घ संस्थाले अवश्यका कागजपत्र मिलाउन नसक्दा समस्या देखा परेको बताए । उहाँले मन्त्रालयको नीति र विधिमा रहेर काम गर्न पर्ने भए पनि त्यसो नहुँदा समस्या आएको भन्दै आवश्यक सल्लाह लिएर मात्र काम गर्न सङ्घ संस्थालाई आग्रह गरे ।
  • २२ असार २०८०, शुक्रबार ०९:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images