मकवानपुरमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • CIA Khabar

  • मकवानपुर– मकवानपुरमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

    आज बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम सडकखण्डमा दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

    हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नम्बरको ट्रक एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

    मृत्यु हुनेमा ना६ख ६६६७ नम्बरका ट्रक चालक चितवन राप्ती नगरपालिका– ८ का रिहान रुम्बा तामाङ, सहचालक गोरखा गण्डकी गाउँपालिका– २ गोर्दीटारका सुमन चेपाङ र ना६ख ६३१ नम्बर ट्रकका सहचालक मकवानपुर मनहरी– ३ का अमृत प्रजा रहेको प्रहरीले जनाएको छ ।

    घाइते भएका चितवन राप्ती नगरपालिका– ३ का विवेक तमाङ र ना६ख ६३१ नम्बरको ट्रकका चालक मनहरी– ३ का अर्जुनकुमार प्रजाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । 

    आगो लागेका ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

  • २३ असार २०८०, शनिबार ०८:५७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images