जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा
  • CIA Khabar

  • काठमाडौँ– सर्वियन खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनल प्रवेश गरेका छन् । अल इंग्ल्यान्ड क्लबमा गएराति भएको क्वाटरफाइनलमा जोकोभिचले रुसका आन्द्रे रुबलेभमाथि चार सेटको पुनरागमन जित निकालेका हुन् ।

    विश्व नम्बर दुई जोकोभिच एक सेटले पछि परेको स्थितिबाट खेलमा फर्किएका थिए । सातौँ वरीयताका रुबलेभले पहिलो सेट ६–४ ले जितेका थिए ।

    जोकोभिचले त्यसपछिका तीनवटै सेट जितेका थिए । उनले दोस्रो सेट ६–१ तेस्रो ६–४ र चौथो सेट ६–३ ले आफ्नो पक्षमा पारेका थिए । 

    २३ पटकका ग्रान्डस्लाम च्याम्पियन जोकोभिचको विम्बल्डनमा यो ३३ औँ जित हो । लगातार पाँचौँ र समग्रमा आठौँ विम्बल्डन उपाधि जित्ने लक्ष्यमा रहेका उनले अब इटालीका यानिक सिनरसंग प्रतिस्पर्धा गर्नेछन् ।

    सिनर रुसका रोमान साफिउलिनलाई चार सेटमै हराउँदै पहिलो पटक ग्रान्डस्लामको सेमिफाइनल पुगेका हुन् । विम्बल्डनको अन्तिम चार पुग्ने केवल तेस्रो इटालियन खेलाडी बन्ने क्रममा उनले रोमानलाई ६–४, ३–६, ६–२, ६–२ को सेटमा हराएका थिए ।

  • २७ असार २०८०, बुधबार ११:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images