जयनगर–जनकपुर रेलसेवा विस्तार, आजदेखि महोत्तरीको भंगाहासम्म चल्ने
  • CIA Khabar

  • जनकपुर– नेपालको एक मात्र जनकपुर–जयनगर रेल सेवाले आफ्नो क्षेत्र विस्तार गरेको छ ।

    विस्तारित सेवाअनुसार जनकपुर(जयनगर ब्रोडगेज रेल आजदेखि महोत्तरीको भंगहासम्म चल्ने भएको हो ।

    रेलसेवा जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

    विस्तारित रेल सेवाको बिहान साढे १० बजे भंगाहा स्टेसनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो । आजबाट थप १७ किलोमिटर थप भएपछि अब ५२ किलोमिटर यात्रा विस्तार भएको छ ।

    भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको थप १७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई जेठ १८ गते हस्तान्तरण गरेको थियो ।

  • ३१ असार २०८०, आईतवार ०९:५२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images