अन्धाधुन्ध गोली चल्दा अमेरिकाको जर्जियामा चारजना मारिए
  • CIA Khabar

  • काठमाडौँ– अमेरिकाको जर्जियमा अन्धाधुन्ध गोली चल्दा कम्तिमा चार जना मारिएका छन् । जर्जियाको ह्याम्पटन शहरको डगवुडमा एक ब्यक्तिले अन्धाधुन्द गोली चलाउँदा चारजना मारिएका हुन् ।

    मारिनेमा तीन जना पुरुष र एक महिला रहेको स्थानीय प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने ४० वर्षीय एन्ड्री लङमोर भएको प्रहरीले पत्ता लगाएको छ ।

    हत्यापछि फरार रहेका लङमोरसँग अहिले पनि दुई वटा हतियार रहेको भन्दै प्रहरीले निजलाई पक्राउ गर्न सघाउनेलाई दश हजार डलरको पुरस्कार घोषणा गरेको छ ।

    घटनामा कति मानिस घाइते भए भन्ने बारेमा केही खुलाइएको छैन ।

  • ३१ असार २०८०, आईतवार १०:४१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images