नागरिक लगानी कोषको एजीएम आज
  • CIA Khabar

  • काठमाडौँ– नागरिक लगानी कोष (सीआइटी) को २८औँ वार्षिक साधारणसभा आज बस्दैछ । सभामा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

    साधारणसभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । यस्तै एकजना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।

    सभा प्रयोजनका लागि कोषले असार १९ गते बुक क्लोज गरिसकेको छ ।  असार १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

  • ३१ असार २०८०, आईतवार १०:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images