हतियारसहित एकजना पक्राउ
  • CIA Khabar

  • धनकुटा– चौबिसे गाउँपालिका-५ बज्रमाई बस्ने ५० वर्षीय सोइतन विकलाई एकनाले भरुवा बन्दुक १ थान, गोली १ थान र भरुवा बन्दुकमा लाग्ने बारुदसहित प्रहरीले पक्राउ गरेको छ ।

    रुखमा जामुन टिपिरहेका सोही ठाउँ बस्ने ३२ वर्षीय भिम बहादुर याख्खालाई बाँदर जस्तो ठानी भरुवा बन्दुक प्रहार गर्दा घाइते भएको भन्दै बिक स्वयंले खबर गर्नासाथ इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट मौनाबुधुकबाट खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित पक्राउ गरेको हो ।

    घाइते याख्खालाई उपचारको लागि धरान घोपा अस्पताल लगिएको र अवस्थामा मध्यम रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

     

  • ३ श्रावण २०८०, बुधबार १८:०८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images