२०८१ सालको पात्रो प्रकाशनका लागि विवरण पेस गर्न आह्वान
  • CIA Khabar

  • काठमाडौँ– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विक्रम संवत् २०८१ को पञ्चाङ्ग ९पात्रो० प्रकाशन गर्न चाहने पञ्चाङ्गकारलाई साउन मसान्तभित्र त्यससम्बन्धी विवरण पेस गर्न आह्वान गरेको छ ।

    पञ्चाङ्गकारलाई सूर्यसिद्धान्तको मूल सूत्रबाट ग्रहस्पष्टीकरण, ग्रहको उदय–अस्त, चाडपर्व, विवाह तथा व्रतबन्धका मुहूर्त र ग्रहण आदि विषय समावेश भएको पञ्चाङ्ग गणना गरी पेस गर्न समितिले सार्वजनिक सूचनामार्फत् अनुरोध गरेको हो ।

    आवश्यक दस्तुर पनि साउन मसान्तभित्र समितिको कार्यालय नारायणहिटीमा बुझाउनुपर्ने गरी सूचित गरिएको समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

    मन्त्रिपरिषद्ले विसं २०७७ पुस २० गते गरेको समिति गठन आदेशको स्वीकृति बमोजिम यो सूचना प्रकाशन गरिएको हो ।

    गठन आदेश बमोजिम समितिको स्वीकृति बिना पात्रो ९पञ्चाङ्ग० र भित्तेपात्रो ९क्यालेण्डर० प्रकाशन गर्न पाइँदैन । स्वीकृति बिना प्रकाशन गरिएका पात्रो प्रकाशनलाई नियमबमोजिम आवश्यक कारबाही गरिने पनि समितिले उल्लेख गरेको छ ।

    नयाँ पञ्चाङ्गकारको हकमा आफैँले गणना गरेको कम्तीमा तीन वर्षको पञ्चाङ्ग गणनाको गणित र विसं २०८१ को गणनाको सबै आधार एवं गणित पनि पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

    म्याद नाघी आएका र अङ्ग नपुगेका पञ्चाङ्गलाई स्वीकृति प्रदान नगरिने समितिले जनाएको छ । भित्तेपात्रो प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थाले पनि समितिको स्वीकृति लिनुपर्ने सूचनामा जनाइएको छ ।

  • ४ श्रावण २०८०, बिहीबार १३:२३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images