मिटरब्याजी साह पक्राउ
  • CIA Khabar

  • बर्दिबास– महोत्तरीको भंगहा नगरपालिका–६ हतिसर्वाका मिटरब्याजी इन्द्रजित साह पक्राउ परेका छन् । मिटरब्याजी रघुवीर साहका छोरासमेत रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय महोत्तरीमा भएको छलफलमा विवाद गर्न खोजेपछि उनलाई पक्राउ गरिएको हो । कार्यालयमा अनुचित लेनदेन कार्यदलले छलफल गरेको थियो ।

    जिल्ला प्रशासन कार्यालयमा उनी र उनका बुबाविरुद्ध करिब २० वटा अनुचित लेनदेन उजुरी परेको छ ।

  • ११ श्रावण २०८०, बिहीबार १३:४९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images