भ्रष्टाचार विरोधी अभियानमा अझ निर्मम ढंगले प्रस्तुत हुन्छौं:प्रधानमन्त्री
  • CIA Khabar

  • काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचार विरोधी अभियानमा अझ निर्मम ढंगले प्रस्तुत हुने बताएका छन् । सरकारले लिएको नीतिका कारण माओवादीको शाख फर्केको उनको दाबी छ ।

    आइतबार पार्टीको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्डले सुशासनको अभियानले पार्टीलाई झन एकताबद्ध बनाएको बताएका हुन् ।

    प्रचण्डले केन्द्रीय सदस्यहरूलाई सरकारले गरिरहेका राम्रो कामको प्रचार गर्न पनि आग्रह गरेका छन् । उनले भने  ‘सरकारले जे जति राम्रो काम गरेको छ, राम्रा कामको मार्केटिङ पुगेको छैन । तपाईँहरूले अभियान चलाउनुस्’ । 

    यसैबीच प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणको छानबिनलाई निष्कर्षमा पुर्‍याएरै छाड्ने  बताएका छन्  ।

  • २१ श्रावण २०८०, आईतवार १६:४८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images