रोनाल्डोको गोलमा अल नासिर क्लब अरब क्लब च्याम्पियनसिपको फाइनलमा
  • CIA Khabar

  • काठमाडौँ– कप्तान क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलको सहयोगमा साउदी क्लब अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को फाइनलमा प्रवेश गरेको छ । 

    गएराति भएको सेमिफाइनलमा इराकको अल शोर्तालाई १–० गोले हराउँदै अल नासर उपाधि भिडन्तमा स्थान बनाउन सफल रह्यो । 

    खेलको ७५औँ मिनेटमा अल नासरले पेनाल्टी प्रहार गर्ने अवसर पाएको थियो । त्यसलाई कप्तान रोनाल्डोले उपयोग गर्दै गोल गरेपछि फाइनलको यात्रा तय भएको हो ।

    साडियो मानेलाई इराकी क्लबका फैसल जसीम नफिल अल मनाले फल गरेपछि अल नासिरले पेनाल्टी पाएको थियो ।

    अब अल नासिरले शनिबार साउदीकै अल हिलालसँग उपाधिका लागि खेल्नेछ ।

  • २५ श्रावण २०८०, बिहीबार १२:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images