भारतविरुद्धको श्रृंखला वेस्ट इन्डिजलाई
  • CIA Khabar

  • काठमाडौँ– वेस्ट इन्डिजले भारतविरुद्धको पाँच टी–ट्वेन्टी अन्तर्राष्ट्रिय शृंखला उपाधि जितेको छ ।

    शनिबार राति घरेलु मैदानमा भएको निर्णायक खेलमा भारतमाथि ८ विकेटको जित निकाल्दै वेष्ट इन्डिजले शृंखला आफ्नो पक्षमा पारेको हो । वेष्ट इन्डिजले भारतविरुद्धको शृंखला ६ वर्षपछि जितेको हो ।

    जितका लागि भारतले दिएको १ सय ६६ रनको लक्ष्य वेस्टइन्डिजले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

    वेस्टइन्डिजको जितमा ओपनर ब्रेन्डन किंगले अविजित ८५ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, निकोलस पुरन ४७, शाई होपले २२ रन बनाए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

    भारतका सूर्यकुमार यादवले ६१ रनको अर्धशतकीय पारी खेले । यस्तै, तिलक बर्माले २७ रन रन बनाए ।

    वेस्टइन्डिजका रोमारियो शेफर्डले सर्वाधिक ४ विकेट लिए । यस्तै, स्पिनर अकिल हुसैन तथा जेसन होल्डरले समान २–२ विकेट लिए ।

    पहिलो खेल चार रन र दोस्रो खेलमा वेष्ट इन्डिज २ विकेटले विजयी भएको थियो । त्यसपछिका दुई खेलमा भारत क्रमशः ७ र ९ विकेटले विजयी भएको थियो।

     

     

     

  • २९ श्रावण २०८०, सोमबार १३:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images