बिहीबार सेयर बजार ओरालो
  • CIA Khabar

  • काठमाडौँ । बिहीबार सेयर बजार घटेको छ । यस दिन नेप्से परिसूचक ३१.५२ अंकले घटेर २०१३.९३ विन्दुमा पुगेको छ ।

    बिहीबार १ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज सूचीकृत सबै समूह घटेका छन् ।

    यस दिन २७५ कम्पनीको ४६ लाख ५७ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ८७ लाख रुपैयाँभन्दा कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ ।

    यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः घोराही सिमेन्ट्स र शिवम् सिमेन्ट्स परेका छन् ।

  • ७ भाद्र २०८०, बिहीबार १६:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images