प्रचण्डजी र माधव नेपालजीका कार्यकर्ताले पूर्वाञ्चलमा उत्पात मच्चाए : अध्यक्ष ओली
  • CIA Khabar

  • काठमाडौँ- प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि गम्भीर आरोप लगाएका छन् ।

    बिहीबार भक्तपुरको कौशलटारमा आयोजित नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री नेपालमाथि हिंसा भड्काउन खोजेको गम्भीर आरोप लगाएका हुन् ।

    कोशी प्रदेशमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालले जनजातिहरु भिडाएर हिंसा भड्काउन खोजेको ओलीको आरोप छ ।

    ‘अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने कसका कार्यकर्ता छन् भन्दा माओवादी प्रचण्डजीका कार्यकर्ता छन्, माधवकुमार नेपालजीका कार्यकर्ता छन्,’ उनले भने, ‘उफ्रेका को छन् भन्दा राई, किराँत, लिम्बू भन्ने साथीहरु उफ्रिएका छन् । उफार्ने को छ भन्दा पुष्पकमल दाहाल, माधवकुमार नेपाल ।’

    प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपाल नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेको उनको भनाइ छ ।

     

     

  • ७ भाद्र २०८०, बिहीबार १६:५७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images