कोशी प्रदेशमा एमालेको सरकार बन्छ : ओली
  • CIA Khabar

  • काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।

    विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै ओलीले कोशी प्रदेशमा अब ५० सांसदसहित एमालेको नेतृत्वमा सरकार बन्ने बताए ।

    मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै सर्वोच्च अदालतले दीर्घकालीन काम नगर्न भनेपछि ओलीले एमालेको सरकार बन्ने दाबी गरेका हुन्।

    उनले कोशी प्रदेशमा संविधान मान्ने र लोकतान्त्रिक भनिने कांग्रेस जस्तो पुरानो पार्टीले पनि संविधान नमान्दा आफू अचम्ममा परेको बताए ।

  • ८ भाद्र २०८०, शुक्रबार १६:०२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images